उर्लाबारी। अन्ततः लामो समयपछि बन्द रहेका उर्लावारीका विद्यालयहरु आजदेखी खुल्ने भएका छन् । गत वर्षको चैतदेखि बन्द रहेका उर्लावारीका विद्यालयहरु करिब ९ महिनापछि आजदेखि खुल्न लागेका हुन् ।

उर्लावारी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सोमबार नगर क्षेत्रमा सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मंसिर १६ गतेदेखि सञ्चालन गर्न दिएको छ ।

गत मंसिर ९ गते उर्लावारीको नगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा निर्माण गरेको थियो । नगरपालिकाले सोही ढाँचा बमोजिम विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो । यस्तै विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पूर्ण रुपमा पालना गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय