
काठमाडौं । विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण शुरू भएको १ वर्ष वित्दा २१८ वटा मुलुकका ६ करोड २५ लाख ७३ हजार १८८ जना संक्रमित भएका छन् ।
यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ९३ हजार ९९२ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
आइतबार बिहानसम्म १४ लाख ५८ हजार ३०५ जना संक्रमितको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ७९ लाख २० हजार ८९१ जना उपचाररत छन् ।
यसमध्ये १ लाख ५ हजार २५३ जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट क्रमशः अमेरिका, भारत, ब्राजिल, फ्रान्स र स्पेन बढी प्रभावित बनेका छन् ।
अमेरिकामा मात्रै हालसम्म १ करोड ३६ लाख १० हजार ५३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ लाख ७२ हजार २५४ जनाको मृत्यु भइसकेको छ ।
यस्तै दोस्रो प्रभावित भारतमा हालसम्म ९३ लाख ९३ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ लाख ३६ हजार ७३३ जनाको मृत्यु भएको छ ।