
झापा । सामाजिक अभियान्ता कुमार राईले श्रीमानद्धारा श्रीमतिको बाध्य भएर हत्या गर्नु परेकाले उक्त घटनामा जोडिएका प्रकाश दाहाललाई कार्वाहीको माग गरेका छन् ।
दमक–१ की टिका पौडेल भण्डारीको आफ्नै श्रीमान चुडामणी भण्डारीले कमल गाउँपालिका–६ खेतीमा हत्या गरेका थिए । टिकासँगै गएका दाहाललाई समेत भण्डारीले खुकुरी प्रहार गरेका छन् । दाहालको बी एण्ड सी हस्पिटल झापामा उपचार भइरहेको छ । विगत तीन बर्षदेखि टिका र दाहालबीच अनैतिक सम्बन्ध रहेको र सोही कारणले श्रीमान भण्डारीलाई अपहेलना गरेका कारण उक्त घटना हुन पुगेको रहस्य खुलेको छ । श्रीमति टिकाको हत्या गर्ने भण्डारी प्रहरीले पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाएको छ ।