झापा । झापाको दमकका प्रकाश दाहालको आफ्नो श्रीमति स्मारिकासँग विगत ३ बर्षदेखि बोलचाल नभएको पाइएको छ ।
झापा दमक–१ की टिकामाया पौडेलसँग नजिकको सम्बन्ध भएपछि प्रकाशले कुटपिट गर्न थालेपछि उनीहरुबीच बोलचाल बन्द भएको हो । बोलचाल बन्द भएपनि पटक पटक कुटपिट गर्न थालेपछि माइती र परिवार पक्षले प्रकाशलाई छुट्टै बस्न भनेपछि चार महिनादेखि घरमा नआएको स्मारिकाले बताइन् । श्रीमति स्मारिकाले धेरै पटक गाउँका मानिस समेत राखेर समस्या सुल्झाउने कोशिष गरिन् तर प्रकाश मानेनन् । उनै महिलाका लागि भनेर श्रीमति छोडेर हिँडे । आफ्नो श्रीमतिलाई वास्ता नगर्ने, भाउजु भन्दै उतै बस्न जानुहुन्थ्यो, प्रकाशको श्रीमतिले भनिन्, मलाई मेरो माइतीले नै सहयोग गर्नुहुन्थ्यो ।
प्रकाशले दुई छोरा पनि लिएर गएर कोठा भाडामा राखेको उनले बताइन् । ठूलो छोरालाई होस्टलमा राख्ने भनेर लिएर गएको उनको भनाई छ । उनले छोरालाई पनि आफुसंग बोल्न र आउन पनि नदिएको उनको भनाई छ । उनले आफ्नो श्रीमान् लाई भेट्न अस्पताल पनि गएकी छैनन् । टिकामायासंगको सम्बन्ध भएकै कारण आफ्नो परिवार विग्रिएको उनको भनाई छ । फोनमा टिकामायासंग त कुराकानी भएको बताइन् । किन यस्तो कुरा सुनिन्छ दिदी भनेर मैले सोधेको थिए, पौडेलको छोरी भएका कारण मैले दिदी नै भनेर बोले । उनले भनिन् टिकामायाको माइतीले पनि छोरीलाई त्यस्तो नगर भनेर बारम्बार सम्झाएको पनि आफुले थाहा पाएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय