
लेटाङ । नेपाली कांग्रेस मोरङ १ ख का सभापती ईश्वरी प्रसाद कोईरालाको आज बिहान निधन भएको छ ।
पारिबारिक सुत्रका अनुसार कोभिड संक्रमण भएर अवस्था गम्भीर बनेपछी उहालाई उपचारका लागि नोवेल अस्पताल लगिएको थियो । कोरोनाको उपचार पछि रिपोर्ट नेगेटिभ आएपनी स्वास्थ्य अवस्था गम्भीर भएपछी नोबेलकै आईसुयु कक्षमा उपचार भैइरहेको थियो ।
कोईरालालाई पछिल्लो समय निमोनियाको समेत संक्रमण देखिएको थियो ।
कोईरालाका दाजु गोपाल कोईरालाको समेत हिजो निधन भएको थियो ।