
बर्दिबा । महोत्तरीको बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।
६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा उत्रिएका बेला प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा न्यौपाने गम्भीर घाइते भएका थिए । उनलाई उपचार गर्न काठमाडौं पठाइएको थियो ।
गोली लागेर गम्भीर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो ।
न्यौपानेको बुधबारबार बिहान १ बजे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ ।