पथरी । पथरीशनिश्चरे नगरपालिकाले ८५ करोड ४१ लाख ८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
सोमबार पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता नवीन कार्कीले सो बजेट नगरसभामा प्रस्तुत गर्नुभयो । नगर उपप्रमुखको पारिवारिक सदस्यको मृत्यु भई मलामी जानुपर्ने भएपछि प्रवक्ता कार्कीले बजेट पेश गर्नुभएको हो । पथरीशनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा भएको १५ औं नगरसभामा कार्कीले आर्थिक बर्ष २०८१÷०८२ का लागि नगरले संघीय सरकार वित्तीय समानीकरणबाट १६ करोड ९१ लाख, संघीय सरकार विशेष अनुदान एक करोड ५० लाख, संघीय सरकार ससर्त अनुदान पुँजीगत दुई करोड ३५ लाख, संघीय सरकार ससर्त अनुदान चालु २७ करोड १० लाख, संघीय सरकार राजस्व बाँडफाँट १२ करोड ५९ लाख विज्ञापन करबाट एक लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड आठ लाख ६४ हजार, प्रदेश सरकार ससर्त अनुदान पुँजीगत एक करोड ६ हजार, प्रदेश सरकार सवारी साधन करबाट प्राप्त हुने एक करोड ४६ लाख ८७ हजार, प्रदेश सरकार ससर्त अनुदान १५ लाख २८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट अनुदान पाँच करोड ७९ लाख ५९ हजार र आन्तरिक आम्दानीबाट ६ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
यस्तै, खर्च तर्फ चालु खर्च १३ करोड ४५ लाख, कार्यक्रम खर्च दुई करोड ६३ लाख, पुँजिगत तथा कोष व्यवस्थापनका लागि २० करोड ५१ लाख २८ हजार, आर्थिक विकास एक करोड ४५ लाख, सामाजिक विकास तर्फ चार करोड २५ लाख, वन वातावरण तर्फ १५ लाख, सुशासन र संस्थागत विकास तर्फ १३ लाख, वडा पुँजीगत ६ करोड ३० लाख, न्यायिक समिति २० लाख ससर्त र समपुरक अनुदान खर्च ३६ करोड ४३ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा ७८ करोड ९१ लाख ७५ हजार २४३ रुपैयाँको बजेट प्रस्ताव गरेको पथरीशनिश्चरे नगरपालिकाले अनुमान गरेभन्दा १० करोड ७६ लाख ७९ हजार रुपैयाँ मात्र आम्दानी भएको थियो ।
ADVERTISEMENT