सिजुवा । मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७८ करोड ९० लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
स्थानीय विश्वनाथ मन्दिरमा नगरका उपप्रमुख दमयन्तादेवी चुडालले १४ औं नगरसभामा बजेट प्रस्तुत गर्नु भएको हो । आफ्नो भूगोल पूर्णरुपमा कृषि क्षेत्र रहेको नगरपालिकाले कृषि र सडक सञ्जाल बिस्तारलाई प्राथमिकता दिएको छ ।
सबै किसानलाई सिँचाइको विद्युत महशुल निःशुल्क, एम्बुलेन्स र शव वाहन निःशुल्क, क्याम्पस पढ्न चाहने बुहारीलाई निःशुल्क शिक्षा, ८० वर्ष उमेर माथिकालाई प्रति महिना एक हजार पोषण खर्च, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा र सबै सरकारी विद्यालयको पुरानो जस्ता हटाई एउटैको जस्ता लगाइदिने कार्यक्रम सार्वजनिक गरिएको छ । नगरले फोहोर ब्यवस्थापन र विपद्मा जेसीवी निःशुल्क प्रयोग गर्न दिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय