उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकाले ७७ करोड ५० लाख ७५ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार १४ औं गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक बजेट प्रस्तुत गर्नुभएको हो । आन्तरिक आयमा ८ करोड १९ लाख ४१ हजार ५ सय, राजश्व बाँडफाँडमा २८ करोड ४ लाख ११ हजार, संघीय सरकारबाट अनुदान ३६ करोड ३७ लाख ९६ हजार, प्रदेश सरकारबाट अनुदान २ करोड ६९ लाख २७ हजार , जनसहभागिताबाट १ करोड २० लाख, सडक बोर्डबाट ५० लाख र जिल्ला समन्वय समितिबाट ५० लाख रुपैयाँ गरी ७७ करोड ५० लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको बजेट उपाध्यक्ष पौडेलले प्रस्तुत गर्नुभएको छ ।
बजेटको ४३ करोड ६ लाख १९ हजार रुपैयाँ चालु खर्चमा र ३४ करोड ४४ लाख ५६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरेको छ । कृषि तर्फ ५५ लाख ५७ हजार पाँच सय रुपैयाँ खर्च गर्ने र पशुपालन तर्फ २९ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव उपाध्यक्ष पौडेलले गर्नुभएको छ ।
यसैबीच मिक्लाजुङ वडा नं. १ का वडाध्यक्ष एबं प्रवक्ता पर्वत राईले पत्रकार सम्मेलन गरी मिक्लाजुङको विकास र समृद्धिका लागि सबै क्षेत्रलाई समेटेर बजेट ल्याएको बताउनुभयो । विकास निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेर बजेट ल्याएको उहाँको दाबी छ ।
मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले पूराना योजना सम्पन्न गर्दै नयाँलाई प्राथमिकतामा राखेर पालिकाले बजेट ल्याएको बताउनुभयो । जनप्रतिनिधिहरुसँग ब्यापक छलफल गरेर योजना निर्माण गरिएको उहाँको भनाई छ । पालिकाका अध्यक्ष बबीकुमार राईको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय