
झापा । श्रीमति अर्कै संग लागेको आरोपमा झापा दमकका एक ब्याक्तिले झापाको कमल गाँउपालिका खेती गएको समयमा आफ्नै श्रीमतीको हत्या गरेकाछन् । हिजो साँझ उनले श्रीमतीको धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । साँझ प्रहरी घटनास्थल पुगेर श्रीमानलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पंण्डितका अनुसार दमकका चुणामणि भण्डारीले श्रीमति टिकामाया पौड्याल अर्कैसंग लागेको आरोपमा खुुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । श्रीमतिसंगै रहेका अर्का ब्याक्ति घाईते रहेको जनाईएको छ ।