
काठमाडौं। पछिल्लो तथ्याङ्कअनुसार विश्वभर हालसम्म १३ लाख ८५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
हालसम्म विश्वमा ५ करोड ८४ लाख ६८ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये १३ लाख ८५ हजार ७१७ जनाको मृत्यु भइसकेको छ ।
यस्तै संक्रमितमध्ये विश्वभरमा ४ करोड ४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा ४ करोड ४ लाख ५२ हजार ४६८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
हाल विश्वमा १ करोड ६६ लाख ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।