
उर्लाबारी । विगतका बर्ष झैं यस पटक उत्साहका साथ चाडपर्व हुन सकेनन् । विश्वभरी फैलिएको कोरोना भाइरसको माहामारीका कारण यस पटक दशैं, तिहार तथा छठ पर्व प्रभावित बन्न पुगे ।
छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अध्र्य दिई पर्वको समापन गरेका छन् । मोरङको उर्लाबारीमा पनि यस बर्ष भौतिक दुरी कायम गर्दै छठ पर्व मनाइयो । उर्लाबारीको मावा, सोल्टी, रातेहोलीलगायतमा छठ पर्व मनाइएको छ । कोरोना भाइरसका कारण विगतका बर्ष जस्तो उत्साहजनक रुपमा मनाउन नसकिएको मैथिली सेवा समाज उर्लाबारीका अध्यक्ष पवन चौधरीले जानकारी दिए । शब्द÷तस्बीर लक्ष्मीकुमार घिसिङ (पूर्वी कमाण्ड)