उर्लाबारी । मैथिली समाज उर्लाबारीले सामाजिक दुरी कायम गरेर यस वर्षको छठ पर्व मनाउने भएको छ । समाजका अध्यक्ष पवन चौधरीका अनुसार कोरोना जोखिमका कारण माक्स, सेनिटाईजर र सामाजिक दुरी कायम गरेर उर्लाबारीका नदी तथा खोला किनारमा छठ पर्व मनाउने निर्णय भएको छ ।
आज साँझ उर्लाबारीका मावा, बक्राहा, सोल्टी, रातेहोलीलगायतका खोलामा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । उर्लाबारीमा पनि यसवर्ष बिगतका वर्षमा जस्तो छठको उत्साह छैन । कोरोना भाईरसको जोखिमका कारण उच्च स्वास्थ्य सर्तकता अपनाएर छठ पुरा गरिने समितिका अध्यक्ष चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय