उर्लाबारी । मोरङको उर्लाबारीमा जारी दोस्रो आदिबासी जनजाति उर्लाबारी फुड फेस्टिवल २०८१ को रौनक थपिँदै गइरहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजना तथा उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा भइरहेको फुड फेस्टिबलमा दैनिक जसो राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै यहाँ विभिन्न जातजातिको परिकारले पनि सबैको मन लोभ्याएको छ । धिमाल, नेवार, मगर, लिम्बू, याख्या, तामाङलगायत जातजातिको परिकार चाख्न फुड फेस्टिवलमा आउने गरेका छन् । राष्ट्रिय कलाकारमात्र होइन विभिन्न जातजातिको संस्कार र संस्कृति झल्किने प्रस्तुतिसमेत रहने गरेको छ । दैनिक आदिबासी जनजातिका कला, भेषभुषा र संस्कृति प्रदर्शन हुने गरेको छ । गायिका रचना रिमाल, समिक्षा अधिकारी, गायक जोन चाम्लिङ, पूर्ण राई, लोकगायिका शान्तिश्री परियारलगायतले आफ्नो प्रस्तुति दिइसकेका छन् । रोटेपिङ, विभिन्न खेलहरुले पनि ध्यान खिचेको छ ।
फुड फेस्टिवललाई भब्य र सभ्य तरिकाले सञ्चालन भइरहेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीका अध्यक्ष समशेर लिम्बू बताउनुहुन्छ । फुड फेस्टिवल जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय