उर्लाबारी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा हिजोदेखि मोरङको उर्लाबारीमा ‘दोस्रो फुड फेस्टिवल तथा साँस्कृतिक प्रबद्र्धन कार्यक्रम २०८१’ सुरु भएको छ ।
उर्लाबारी–४ भद्रमारी चौकमा सुरु भएको फुड फेस्टिबल उद्घाटन उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले गर्नुभयो । हिजो राती गायिका रचना रिमालले प्रस्तुति दिएकी छिन् । पछिल्लो पुस्ताकी चर्चित गायिका रिमालले उर्लाबारी आसपासका दर्शकलाई मनोरञ्जन दिएकी छिन् । आज गायिका समिक्षा अधिकारीले प्रस्तुति दिँदैछिन् ।
संस्थाका अध्यक्ष समशेर लिम्बूले उर्लाबारी नगरपालिकासँगको सहकार्यमा जनजातिहरुको संस्कृति, संस्कार, भेषभुषा, झाँकी झल्काउने तथा परापुर्वकालदेखिको प्राकृतिक जडीबुडी सहितको खानापिनहरुको प्रवद्र्धन र बजारीकरणका लागि फेस्टिवलको आयोजना गरिएको जानकारी दिनुभयो ।
आदिबासी जनजाति साथै अन्य जातिको पनि पहिचान जोडिएका कला, संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ । फुड फेस्टिबलमा राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहने छ । गायिका समिक्षा अधिकारी, ज्योति मगर, त्रिसला गुरुङ, मन्त्र ब्याण्ड, जोन चाम्लिङ, पूर्ण राईलगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । फेस्टिवलमा १७ जातिको प्राकृतिक जडीबुटीसहितको खानपिन तथा संस्कारसँगैको स्टलसहित उनीहरुको भेषभुषाको प्रर्दशन गरिने छ । जेठ १ गतेसम्म फुड फेस्टिबल सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय