काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फेरि शीतल निवास गएका छन् ।

मंगलबार राष्ट्रपतिलाई भेटेर फर्केका ओली बुधबार बिहान अर्थात १० घण्टापछि फेरि शीतल निवास छिरेका हुन्।

दिउँसो बस्ने नेकपा सचिवालय बैठककाे सन्दर्भमा प्रधानमन्त्रीको शीतल निवास दौडलाई अर्थपूर्ण रुपमा हेरिँदैछ।

उनले आजै बस्ने नेकपाको सचिवालय बैठकसँग समय जुधाएर मन्त्रिपरिषदको बैठक डाकेका थिए । तर साे बैठक एक घण्टा पछि सारेका छन् ।

म‌ंगलबार ओली भन्दा पहिले प्रचण्ड शीतल निवास गएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय