जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिका ११ मा गए मध्यराती एक दलित युवतीमाथि सामुहिक बलात्कार भएको छ। पीडित युवती गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ की अन्दाजी वर्ष १६ कि रहेकी छिन् । धनुषाधाम नगरपालिका वडा नं. ४ र गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ११ दुबै वडा एउटै गाउँमा रहेको छ।

दीपावलीको अवसरमा धनुषाधाम नगरपालिका वडा नं. ४ स्थित गौरीपुरमा मनोरञ्जनात्मक हिसाबले लक्ष्मी पूजाको अवसरमा आरके ऎष्ट्रा डान्स आयोजना गरिएको थियो । पीडित युवती नाच हेरिरहेकि थिइन् । पिसाब फेर्न बाहिर निस्किँदा रक्सीले मातिएका दुई युवकले मुख थुनेर कार्यक्रम स्थलभन्दा १ किलोमिटर पूर्व तथा अनहेरबाट प्राथमिक विद्यालय शंकरपुर नजिक पश्चिममा रहेको आँप गाछीमा लागि बलात्कार गरेको पीडित युवतीले बताइन् ।

यता घटना स्थलबाट युवतीलाई चढाएर ल्याएको स५प ७३८१ नम्बरको टिभिएस स्टारसिटी मोटरसाइकल, प्रयोग गरेको जुत्ता, कपडा बरामद भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकल प्रहरी चौकी बरमझियाको नियन्त्रणमा राखिएको छ।

सो घटना बारे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकुमार यादवसँग जानकारी लिँदा ‘घटना भएको हो, मोटरसाइकल हाम्रो नियन्त्रणमा छ, अपराधी खोजतलास कार्य भइरहेको’ जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय