काठमाडौं । केही नेवार समुदायले किजापूजा अर्थात भाइटीका आज मनाइँदै छन् । नेवाः परम्परा र व्यवहार अनुसार हिजाे (साेमबार) नेपाल संवत नयाँ वर्ष (न्हू दँ ) र म्ह पुजा रहेकोले आज गते किजा पुजा अर्थात् भाइटिका मनाउन लागेका हुन् ।

आज बिहानको केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउ पनि सकिन्छ । पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । किजापूजाकाे अवसरमा बालगोपालेश्वरी पनि बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने जनाइएको छ । सरकारले किजापूजाका लागि सार्वजनिक बिदा पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय