
उर्लाबारी । मोरङको तत्कालिन मधुमल्ला गाविसका अध्यक्ष काशिनाथ पौडेलको निधन भएको छ । अस्वस्थ्य भएपछि उपचारका लागि अस्पताल भर्ना भएका पौडेलको सोमबार दिउँसो निधन भएको हो ।
पौडेल दुई कार्यकाल नेकपा एमालेबाट मधुमल्लाको गाविस अध्यक्ष भएका थिए । पौडेल त्यतिबेलाका ३ हजार ९ सय स्थानीय निकायमा सर्वाधिक चर्चित र क्रियाशील अध्यक्ष थिए । आज मावा खोलामा अन्तेष्टी गरिने जनाइएको छ ।