उर्लाबारी । इन्द्रकुमार योञ्जन तामाङ अर्थात इन्द्र लामा खेल जगतमा परिचित नाम हो । मोरङको उर्लाबारी–९ का ४५ बर्षीय लामा सितोरियो कराँतेका थर्ड डन हुनुहुन्छ । ‘बुरुसली’ को फाइटबाट प्रभावित भएर लामाले २०५० सालदेखि कराँते सिक्नु थाल्नुभयो । कराँते प्रशिक्षक नविन चोङवाङसँग ६ महिना सिकेपछि सेल्फ प्रशिक्षण गर्न थाल्नुभयो । तत्कालिन अवस्थामा कराँते प्रशिक्षक कमै रहेका कारण पनि सिकाउने गुरुको अभावमा कराँतेलाई निरन्तरता दिन नसकेको उहाँको अनुभव छ । त्यसपछि राखेप कोच विकास सुब्बासँग कराँते सिक्नुभयो । २०५३ सालमा तत्कालिन उर्लाबारी–४ हाल उर्लाबारी–७ राधिका माबिको खेलमैदानमा सञ्जय देवानसँग मिलेर कराँते सिकाउने र सिक्ने क्रममा लामा जोडिनुभयो । सोही बर्ष भएको जिल्ला स्तरीय कराँते (कुमुते) तर्फमा पहिलो पटक सहभागीता जनाउँदै तेस्रो हुन सफल बन्नुभयो । सो बेला धेरै कुटाई खाएको अनुभव उहाँले सुनाउनुभयो । त्यसपछि उहाँमा झनै कराँतेमा केही गर्ने जोस बढ्यो । त्यसपछि कडा मेहेनतपछि उहाँ जिल्ला स्तरीय प्रतियोगितामा प्रथम वा कुनै पदक हासिल गर्ने खेलाडीको रुपमा स्थापित हुँदै जानुभयो । २०५५ सालमा भएको प्रथम सुष्मा मेमोरियल ट्रष्ट आमन्त्रित अन्तराष्ट्रिय कराँते प्रतियोगितामा कुमुतेबाटै गोल्ड मेडल जित्नुभयो । त्यसपछि पनि धेरै प्रतियोगितामा सहभागीता जनाउनुभयो । कतिपय प्रतियोगिता जित्नुभयो त कतिमा हार ब्यहोर्नु प¥यो । समय पस्थिति जे जस्तो भएपनि उहाँ निरन्तर कराँते खेलमा सक्रिय रहँदै आउनुभएको छ । २०५६ सालदेखि कराँतेमा कडाई भयो । त्यसपछि केही समय उहाँ निष्कृय रहनुभयो । जब कराँतेको कडाई हटाइयो, त्यसपछि पुनः उहाँ कराँतेमै सक्रिय रहनुभएको छ । उहाँ नेपाल सितोरियो कराँते संघ मोरङको कार्यबहायक अध्यक्ष हुनुहुन्छ भने कराँते कुमुतेतर्फ कोचसमेत रहनुभएको छ ।
उहाँ केही समयअघि मात्रै जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा मनोनित हुनुभएको छ । अध्यक्षमा उहाँलाई मनोनित गरेसँगै जिल्लाको खेलकुदका विकासमा योजनाबद्ध तरिकाले लाग्ने योजना बनाउनुभएको छ । मोरङ जिल्ला खेलकुदको उर्वरभूमी रहेको उल्लेख गर्दै खेलकुदको माध्यमबाट सबैलाई जोड्न सकिने उहाँको धारणा छ । खेलाडी, प्रशिक्षक सबैको सम्मान गर्ने वातावरण बनाउने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय