
काठमाडौं । नेपाल संवतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ ।
नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।
यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौं उपत्यकामा छ