उर्लाबारी । नेपाल आदर्श इङ्लिस सेकेण्डरी स्कुल उर्लाबारीकै गौरब गर्न लायक स्कुल हो । यो स्कुल यस क्षेत्रकै एउटा उत्कृष्ट नमुना संस्थागत विद्यालयको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएको छ ।

शैक्षिक सत्र २०७७ देखि विद्यालयको पठनपाठन सुरु गरेको यो विद्यालयले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको छ । नर्सरीदेखि कक्षा १० सम्म ५ सय ७० जना विद्यार्थी अध्ययनरत छन् भने प्रत्येक बर्ष विद्यार्थी थपिने क्रम बढिरहेको छ । स्थापनाकालदेखि नै यस विद्यालयले समाजलाई योगदान दिँदै आएको छ । सम्पूर्ण सुविधासम्पन्न भौतिक संरचना भएको यो विद्यालय आफ्नो उद्देश्य र लक्ष्यमा अटल छ । यस विद्यालयबाट उत्तीर्ण विद्यार्थीले उच्च शिक्षामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरुको लुकेको प्रतिभा प्रष्फुटन गर्न विद्यालयले समय–समयमा विशेष क्रियाकलापहरु आयोजना गर्दैआएको छ । विद्यालयले विद्यार्थीमा नैतिकता, चरित्रवान् तथा विश्व भाइचाराको भावना प्रष्फुटन गर्न विशेष जोड दिने गरेको जनाएको छ । शिक्षाको उद्देश्य रटाउने र घोकाउने कदापि हुनु हुँदैन भन्ने विद्यालयको मान्यता छ ।
विद्यार्थीको शैक्षिक स्तर उकास्नका लागि गरेको अथक मेहनतले सफलता हासिल गर्दै गएको संस्थापक प्रिन्सिपल सविना कार्की बताउनुहुन्छ । ‘सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षालाई प्राथमिकता दिएका छौं’ उहाँले भन्नुभयो, ‘बढीभन्दा बढी प्रयोगात्मक कक्षा सञ्चालन गरेका छौं ।’ सुविधासम्पन्न कम्प्युटर र विज्ञान प्रयोगशाला, मल्टिमिडियाको प्रयोगले विद्यार्थीमा सिकाइप्रतिको रुचि बढाउँदै आएको छ । विद्यार्थीका गतिविधिको निगरानी गर्न प्रत्येक कक्षाकोठामा सीसी क्यामेरा जडान गरिएको छ ।
नेपाल आर्दशले गुणस्तरीय एबं ब्यवहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको हो । पूर्व प्राथमिक तहमा मन्टेस्वरी विधिबाट अध्यापन, दक्ष, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन,स्वच्छ, एकान्त एवं सुविधा सम्पन्न विद्यालय भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुद र अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, कम्प्युटर शिक्षा तथा स–साना नानीहरुका लागि विशेष रेखदेखको व्यवस्था, समय सापेक्ष प्राविधिक शैक्षिक क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको विद्यालयका संस्थापक प्रिन्सीपल कार्कीले जानकारी दिनुभएको छ । ३५ जना शिक्षक तथा १६ जना कर्मचारीहरु सो विद्यालयमा कार्यरत रहनुभएको छ भने ५ सय ७० जना विद्यार्थी अध्ययनरत रहनुभएको छ । दैनिक पढाई लेखाईका अलावा अतिरित्त क्रियाकलापलाई मध्यनजर गरेर, शैक्षिक उन्नयनको अभिन्न अंग मान्दै विभिन्न अतिरिक्त क्रियाकलापहरु भइरहेको सञ्चालक प्रकाश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार संगित तथा गायन तर्फ लिलाराज पौडेल, नूत्यतर्फ सरस्वती बस्नेत, गितार र मादलतर्फ रेवत राई, चित्रकलातर्फ सुसन धिमाल, र खेलकुदतर्फ पुजन राईलाई प्रशिक्षकको रुपमा विद्यालयले राखेको छ । विद्यालयले त्रैमासिक तथा वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई क्रमशः सतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशतको ब्यवस्था मिलाएको छ भने गरिब, जेहेन्दार, सिमान्तकृत तथा राज्यले तोकिए वमोजिमका छात्रवृत्ति उपलब्ध गराइएको सञ्चालक गोविन्द भट्टराईले जानकारी दिनुभयो । विद्यालयले शिक्षक कर्मचारीका छोराछोरीलाई सतप्रतिशत छुटको ब्यवस्था गरेको छ ।


छोटो अवधिमै अभिभावक र विद्यार्थीको मन जित्न सफल यस विद्यालयले विद्यार्थीलाई दिने सेवा सुविधामा कुनै कमी हुन नदिने संस्थापक प्रिन्सिपल कार्की बताउनुहुन्छ । लामो समयको अनुभव प्राप्त गरेका शिक्षकशिक्षिकाहरुको संलग्नताले पनि विद्यालयको शैक्षिक विकासमा सहयोग पुगेको उहाँ बताउनुहुन्छ । ‘कक्षा शिक्षणमा मन्टेश्वरी तालिमप्राप्त शिक्षकशिक्षिका हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘क्याम्पस अध्यापन गराउने लामो समयको अनुभव संगालेका शिक्षकहरुबाट कक्षा १० सम्म पढाइ भइरहेको छ ।’ प्रिन्सिपल कार्की स्वयम् समाजशास्त्र र अंग्रेजीमा स्नातकोत्तर साथै वीएन गर्नुभएको छ । दशकौंको शिक्षण अनुभव बटुल्नु भएको छ । उहाँको नेतृत्वमा विद्यालयको टिमले सहजताका साथ कार्य सम्पादन गरिरहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय