उर्लाबारी । मोरङको उर्लाबारी कोरोना भाइरसको जोखिममा पर्दै गइरहेको छ ।
हालसम्म उर्लाबारी नगरपालिका क्षेत्रमा ८ जनाको मृत्यु भइसकेको छ भने दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो पनि ११ जना कोरोना संक्रमित थपिएका छन् । उर्लाबारी नगरपालिकाका लेखा अधिकृत गोविन्द कार्कीसहित ११ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसहितलाई कोरोना देखिएको थियो । हाल उनी निको भएर जनताको सेवामा खटिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय