उर्लाबारी । उर्लाबारी–६ स्थित बस पार्क सडक कालोपत्रे गुणस्तरहित भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
संघीय सरकारको सहरी विकास मन्त्रालयको बजेटमा निर्मित सडक कालोपत्रे गुणस्तरहित भएको स्थानीयको आरोप छ । करिब ३७ लाखको ठेक्कामा १ सय ७५ मिटर कालोपत्रे, कम्पाउण्डवाल, ग्रिलसहित लाइटको ठेक्का लागेको थियो । सो ठेक्काको काम तुलसा कन्ट्रक्सनले गरेको छ । सडक कालोपत्रे गुणस्तरहिन बनेको र काम नलाग्ने भएको स्थानीयको दाबी छ । यता ठेक्काको जिम्मा पाएका कृष्ण पौडेलले सम्झौताअनुसारको मापदण्ड अनुरुप काम गरेको बताउँछन् । २० एम.एम.को १ सय ७५ मिटर कालोपत्रे गर्नु पर्ने सम्झौतामा १ सय ९९ मिटर काम गरेको उनले दाबी गरे । काम नसक्दै विभिन्न बाहनाबाजी गर्नुभन्दा मापदण्ड अनुसार बनेको छ की छैन भनेर अनुगमन गर्न पनि उनले नियमक निकायलाई आग्रह गरेका छन् । उनले १ बर्षसम्म १० प्रतिशत रकम रोकेर अनुगमन पश्चातमात्र त्यो रकम निकासा हुने भएकाले गुणस्तरहिन काम गरेर कसैले छुट नपाउने उनको भनाई छ । आफूले सम्झौता अनुरुपमा काम गर्न कुनै कन्चुसाई नगरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय