काठमाडौं । चर्को दवावपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बोलाएका छन् ।

ओलीले शुक्रबार ४ बजेका लागि सचिवालयको बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जनाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

‘नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाउनुभएको छ’, रिजालले लेखेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको निर्देशनमा महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय