उर्लाबारी । उर्लाबारीमा पछिल्लो समय चन्दा आंतक बढेको गुनासो आएपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अनाश्यक रुपमा चन्दा सहयोग मागेर दुःख दिनेलाई कानुनी कार्वाहीको दायरामा ल्याउने बताएका छन् ।
पूर्वी कमाण्डसँग कुराकानी गर्दै मेयर फागोले कानुनी प्रक्रिया नपु¥याई सहयोग माग्ने कार्य बन्द गर्न पनि सबैलाई अनुरोध गरेका छन् । विभिन्न बहानामा आर्थिक सहयोग माग भएको खण्डमा नगरपालिका वा प्रहरी कार्यालयमा जानकारी गराउन मेयर फागोले सबै नगरबासीमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय