
उर्लाबारी । विभिन्न वहानामा चन्दा आंतक बढेको भन्दै ब्यवसायीहरुले रोक्न माग गरेका छन् ।
ब्यवसायीहरुले मोरङको उर्लाबारीमा सहयोगका नाममा चन्दा आंतक बढेको भन्दै रोक्न माग गरेका हुन् । संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज केन्द्रीय कार्यालय बालुवाटार–४ काठमाडौंको नाममा रसिद छपाएर रकम संकलन गर्नेलाई ब्यवसायीहरुले पक्राउ गरी उर्लाबारी नगरपालिकामा बुझाएका थिए । उर्लाबारीमा विभिन्न बहानामा चन्दा आंतक बढेकाले त्यस्ता गतिबिधि रोक्न उर्लाबारी नगरपालिकालाई ब्यवसायी प्रभू राईले माग गरेका छन् ।