काठमाडौं । केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार एकै पटक प्रतितोला ३ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार ९८ हजार २ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार ८०० रुपैयाँमा झरेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय