उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगरभित्रै कोरोना संक्रमितको उपचारका लागि प्रक्रिया सुरु गरेको छ । उर्लाबारीमा रहेका गोदावरी र अरनिको अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले पक्रिया सुरु गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।

पछिल्लो समय नगरमा कोरोना भाईरसका संक्रमित बढ्दै गएपछि नगरपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरपालिकाका मेयर खड्ग फागोका अनुसार कोरोना संक्रमित अति विपन्न बर्गका लागि एक महिना सम्मका लागि निशुल्क खाद्यान्न, अक्सिजन तथा सोही बर्गका नगरबासीहरुको लागि २० हजार सम्मको औषधी उपचार समेत गर्ने निर्णय भएको छ । कोरोना संक्रमित अति बिपन्न परिवारलाई केही राहात् पुगोस् भन्ने उदेश्यले सो निर्णय गरेको प्रमुख फागोले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय