
उर्लाबारी । बर्सेनी कटानको चपेडामा पर्दै आएका स्थानहरुमा आज मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले अनुगमन गरेका छन् ।
उर्लाबारी वडा नं. १, ३ र ४ मा प्रदेश सांसद लिम्बूले स्थलगत रुपमा अनुगमन गरी प्रदेश सरकारको ध्यानाकर्षण गराएर तटबन्धनका लागि पहल गर्ने बताएका छन् । उनले आफू जनताको मतबाट निर्वाचित भएकाले जनताको हितमा रहेर काम गर्ने बताए । उनले मावा, बक्राहा, सोल्टीलगायत खोलाका कारण बर्सेनी उर्लाबारीबासी प्रभावित बन्दै गइरहेको र त्यसलाई दिर्घकालिन रोकथामका लागि आफुले पहलकदमी लिने बताएका छन् ।