उर्लाबारी । सानो जातको भएकै कारण ससुराको अलग्गै किरिया बस्न बाध्य भैरहेकी मोरङ उर्लावारी नगरपालिका ४ आइतवारेकी ३० बर्षिया बुहारी कोपिला बर्देवालाई सगोलमा काजकिरिया गर्न बंन्चित गराउनेहरुलाई कानुनी कार्वाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन ।
क्रेज नेपालका अध्यक्ष गोपाल नेपाली , मिक्लाजुङ्ग युवा मञ्च अध्यक्ष विनोद दर्नाल र अधिकारकर्मी प्रदिप परिवारले संयुक्त्त विज्ञप्ती जारी गर्दै विश्वकर्मा परिवारले सानो जातकै कारण बंचित गरेपछि अलग्गै एक्लै ससुराको पितृसँस्कार कर्म बाध्य हुनुपरेको भन्दै दोषीलाई कानुनी कार्वाही गर्न अधिकारकर्मीहरुले माग गरेका हुन । १३ कार्तिकमा ७० बर्षको उमेरमा निधन भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा दलित संघका केन्द्रिय सदस्य स्वर्र्गी भिमलाल गहतराजको कान्छी बुहारी कोपिलालाई दमाई भएको कारणले सामुहिक अन्तेष्ठि कार्य गर्न बाट बञ्चीत गरिएकोले साँस्कृतिक अधिकार हनन भएको ठहर अधिकारकर्मीहरुको छ । र्
घटनाको स्थलगत अध्ययन, पीडित कोपिला बर्देवा को बयान, पीडक परिवार र प्रत्यक्षदर्र्शीहरु संगको छलफलबाट स्वर्गीय भीमलालकी कान्छि वुहारी कोपिलामाथि जातीय विभेद भएको प्रस्ष्ट भएको छ’ , क्रेज नेपालका अध्यक्ष गोपाल नेपालीले भने ।
स्वर्र्गीय भिमलाल गहतराजका दुई जना श्रीमती संगोलमा काजक्रिया गरीरहेको तर कान्छि वुहारी कोपिला बर्देवालाई सौतेनी मामिला भनेर सहभागी नगराउनुको कारण दमाईको छोरी भएकै कारण हो , अधिकारकर्मीहरुले प्रतिवेदनमा भनेका छन ।
यता जातिय विभेदको घटनालाई गहतराज परिवारले बिज्ञप्ती जारी गर्दै सौतनी समस्याले कान्छि बुहारीलाई सगोलमा काजकिरियामा सामेल गराउन नसकेको र आफुहरुले कुनै विभेद नगरेको बताएका छन । तर अधिकारकर्मीहरुले भने बिभेदको घटनालाई ढाकछोप गर्न गहतराज परिवार योजनावद्ध रुपमा लागेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय