काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन् ।

आतबार बिहान प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका हुन् ।

ओलीले ऐतिहासिक जितका लागि जो बाइडनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफू निकट भएर काम गर्न चाहेको बताएका छन् ।

ओलीले भनेका छन्, ‘हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय