उर्लाबारी । मोरङको उर्लाबारीमा बाल विवाहका घटना बढेको भन्दै उर्लाबारी बाल सञ्जालले ध्यानाकर्षण गराएको छ ।
सञ्जालकी कार्यबहाक अध्यक्ष कृतिका कार्कीले विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् । उमेरै नपुगी विहे गर्ने क्रम बढेको भन्दै उनले चिन्तासमेत प्रकट गरिन् । विज्ञप्तिमा भनिएको छ, बाल विवाहले समाजमा नकारात्मक असर पु¥याएको कुरा अवगत गराउँदै बाल विवाह मुक्त नगर बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं । नेपालको संविधानको धारा ३९ को उपधारा ९५० ले कुनै पनि बालबालिकालाई बालविवाह, गैर कानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हकको स्थापित गरेको छ ।
नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैको लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह कानुनत दण्डनीय हुन्छ । साथै यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले स्वत वदर हुने र कसूर गर्ने व्यक्तिलाई एक वर्ष सम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने भनिएको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले नेपालमा सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने उद्देश्य लिएको छ । यी सबै ऐन, कानून, नीति, कार्यविधिको व्यवस्था भएता पनि नेपालमा बालविवाह कम हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय