उर्लाबारी । कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिएपछि उर्लाबारी नगरवासीमा संक्रमणको त्रास फैलिएको छ ।
नगरपालिकाले पनि संक्रमण नियन्त्रणका उपायहरुको खोजी गरी नगरबासीलाई सुरक्षित बनाउने प्रयास गरिरहेको छ । संक्रमण समुदायमा फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनको ६ महिना अवधी सम्म समुदायमा संक्रमण प्राय शुन्य रहेको नगरमा एक महिनाको अवधीमा समुदाय स्तरमा ५ जनाको निधन तथा सय बढी संक्रमीत बनेका छन् ।
कोरोना संक्रमणबाट नगर प्रमुख खड्ग फागो, वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्कासहितका नगरका एक सय एक जना संक्रमित बनेका नगर स्वास्थ्य शाखाका सह–संयोजक रेणुकाप्रसाद काफलेले बताएका छन् ।
संक्रमित भएका मध्ये उर्लाबारी वडा नं.–२ का ८५ बर्षीया बिष्णुमाया गुरुङ, वडा नं.–६ का डिबी राई, वडा नं.–७ का ४० बर्षीय कमल बुढाथोकी, ५८ बर्षीय मोहोनसिह खड्का र ५९ बर्षीय कमला गुरुङको निधन भएको छ । नेपाल सरकारले कोभिड संक्रमीतको पिसीआर परिक्षण तथा उपचार नगर्ने निर्णय गरे पछि नगरपालकाले समुदायमा फैलिएको संक्रमणलाई पुन ः नियन्त्रण तथा फैलिन नदिन र संक्रमीतहरुको उपचारको लागि गृह कार्य गरीरहेको नगर प्रमुख खड्ग फागोले बताएका छन् ।
नगर प्रमुख फागोले चालु बर्षको बिकास बजेटलाई रकमान्त्ररण गरेर भए पनि नगरबासीको निशुल्क पिसीआर परिक्षण र उपचार गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय