
उर्लाबारी । मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद घनश्याम खतिवडा अस्व स्थ्य भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी घरमै बसेर आराम गरिरहेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा स्वास्थ्यमा स मस्या आएको जानकारी गराएका छन् । उनले आफ्ना शुभेच्छुक,साथीभाइ तथा इष्टमित्रहरु तथा समर्थकहरुलाई फोन नगर्न आग्रह गर्दै म्यासेजमा कुरा गर्न पनि अपिल गरेका छन् ।
कोरो नासँग मिल्दो जुल्दो लक्षण देखिएको पनि उनले खुलाएका छन् । उनले स्वास्थ्य जाँच पछि मात्रै स्वास्थ्य अवस्थाबारे थाहा हुने जनाएका छन् । उनले आफूसँग दुई दिनयता सम्पर्कमा रहेका सबैलाई सतर्क ता अपनाउन पनि अनुरोध गरेका छन् ।
सामजिक सञ्जालमा सांसद खतिवडाले लेखेका छन्,’म भागी रहे ल*खेट्दै आयो भेटेन धेरै खेदो भेट्न सकेन मेरो भाग्ने बाटो भएन उसले मलाई समात्यो र ठोक्न थाल्यो म हान्दै छु तर मैले जित्छु की उस्ले लडा ईं जारी छ । जाँचेर टुङ्गो लगाउने काम बाँकी छ सबै लक्ष्यण मिल्यो म संग दुइ दिन यता सह कार्य र संपर्क मा रहनुहुने सबै साथी भाई ईस्टमित्रहरू लाई आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गर्दछु ।तर धेरै गाह्रो हुने रहेछ म लाई फोन नगरी म्यासेज मा कुरा गर्न अनुरोध गर्दछु ।’ मंगलबारे पेजबाट साभार