उर्लाबारी । मोरङको उर्लाबारीलाई उज्यालो नगर बनाउन नगरपालिका लागि परेको छ ।
उर्लाबारी नगरपालिकाले नगरभरीकै मुख्य चौकहरुमा सडक बत्ति जडान गरी उज्यालो उर्लाबारी बनाउने अभियानमा जुटेको हो । अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु समस्यामा परेको तथा रातका समयमा सडक दुर्घटना हुन थालेपछि सडक बत्ती जडान थालेको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए । आज उर्लाबारी चौकमा सडक बत्ती जडान गरिएको छ । यसअघि कम क्षेत्रमात्र उज्यालो हुँदै आएको सानो क्षमताको बत्ती हटाएर धेरै क्षेत्र उज्यालो हुने जडान गरिएको उनको भनाई छ । उर्लाबारीको अधिकांश स्थानहरुमा सडक बत्ती जडान गरी उज्यालो उर्लाबारी बनाउन नगरपालिका लागि परेको उनले उल्लेख गरे । सडक वत्तिसँगै मुख्य चौकमा सिसी क्यामेरा पनि जडान गर्ने नगरपालिकाको योजना रहेको उनले बताए । कतिपय स्थानमा सिसी क्यामेरा रहेको भएपनि मर्मत सम्भारको अभाव भएकाले त्यसतर्फ पनि नगरपालिकाले ध्यान दिने उनको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय