![](https://www.purbicommand.com/wp-content/uploads/2020/11/uu.jpg)
उर्लाबारी । मोरङको उर्लाबारीमा कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कोरोनालाई खेलाची नठान्न आग्रह गरेका छन् ।
पूर्वी कमाण्डसँग कुराकानी गर्दै मेयर फागोले उर्लाबारीमा हालसम्म ५ जनाको मृत्यु हुनु दुखको खबर भएको उल्लेख गर्दै कोरोना सामान्य नरहेको बताएका हुन् । कोरोना संक्रमित भएर १२ दिन होम आइसोलेसनमा बसेर निको भएका मेयर फागोले संक्रमितलाई मनोबल उच्च बनाउन सुझाव दिएका छन् । कोरोना लागि सकेपछि शरिर कमजोर हँुदै जाने, उर्जा कम हुने जस्ता लक्षण देखिए पनि मनोबल बढाएर नियमित खानपानमा ध्यान दिदाँ र शारिरिक ब्यायाम गरे कोरोना निको हुने उनको भनाई छ । कोरोना केही हैन सामान्य रूघाखोकी मात्रै हो भन्न नहुने उनको सुझाव छ । मेयर फागोले उर्लाबारीमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण ब्यापक रुपमा देखिन थालेकाले सचेत र सजग रहन अपिल पनि गरेका छन् । उनले भिडभाडमा नजान र जानै पर्ने भए माक्स तथा सेनिटाइजरको प्रयोग गर्न उनले नगरबासीलाई आग्रह गरेका छन् ।