
पोखरा । प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।
केसीको सोमबार राति साढे १० बजे ६५ वर्षको उमेरमा निधन भएको आफन्तहरूले जनाएका छन् । उनले मिर्गौला रोगको उपचार गराउँदै आएका थिए ।
केसीको मंगलबार बिहान साढे ९ बजे पोखरामा अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।
कांग्रेसका सांसद केसी लामो समयदेखि सुगर र उच्च रक्तचापका पनि बिरामी थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध केसी ३ वर्ष अगाडि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक हुन् । उनको जलविद्युत क्षेत्रमासमेत ठूलो लगानी रहेको छ ।