धरान। धरान उपमहानगरपालिकामा डरधम्की देखाएर भाउजुलाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन् ।

बलात्कारमा संलग्न अर्का एक जना फरार भएका छन् । पक्राउ परेका व्यक्ति महिलाका काका ससुराका छोरा हुन् । फरार हुने व्यक्ति आफ्नै देवर हुन् ।

एक छोरा र एक छोरीकी आमासमेत रहेकी २२ वर्षीया महिलालाई करीब डेढ वर्षदेखि डर, धम्की देखाएर बलात्कार गर्दै आएको उजुरीका आधारमा एक जनालाई पक्राउ गरिएको र अर्का व्यक्तिको खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले महिलाका श्रीमान् घरबाहिर भएको मौका छोपेर लामो समयदेखि उनलाई घरकै २३ वर्षीय देवरले बलात्कार गर्दै आएको खुलेको बताए ।

दुवै जनाले बलात्कारबारे परिवार वा प्रहरीलाई खबर गरे हत्या गरिदिने धम्की दिएपछि चुपचाप सहेर बसेको महिलाले उजुरीमा उल्लेख गरेकी छिन् ।

मानसिक तनाब हुन थालेपछि उनले माइतकी आमा र परिवारलाई भनेकाे र दुई दिनअघि मात्र माइती पक्षले कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएको डीएसपी बस्नेतले बताए ।

बलात्कार घटना सार्वजनिक भएपछि परिवारबीचमा मिलाउने प्रयाससमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय