सरकारले सिफारिस गरेका तीन मुलुकका लागि प्रस्तावित तीन राजदूतको कार्तिक २७ गते सुनुवाई हुने भएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिको सोमबारको बैठकले निर्णय गर्दै सुनुवाईको मिति तोकेको हो ।

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले क्रमशः पूर्व अर्थमन्त्री डा. युवराज खटिवडा, पूर्वमुख्य सचिब लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्मालाई राजदुत प्रस्ताव गरिएको थियो ।

संसदीय समितिले उनीहरु विरुद्ध उजुरी दिन आह्वान समेत गरिएको थियो । खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।

समितिले कात्तिक ४ गते राष्ट्रिय दैनिकमा सूचना जारी गर्दै उजुरीकर्तालाई सम्पर्कमा आउन भनेको थियो । सोमबारको बैठकमा समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि कार्तिक २७ गतेको बैठकमा प्रस्तावित राजदूतहरुमाथि सुनुवाइ हुने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय