उर्लाबारी । उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो ।

स्वास्थ्यमा समस्या थपिँदै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै पुरुषको मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले जानकारी दिए । उनका अनुसार पुरुषको बिहान ९ बजेतिर मृत्यु भएको हो ।

मृतकमा मृगौलाको पुरानै समस्या थियो । दुवै मृगौलाको डाइलासिस गर्नका लागि नोबेल शिक्षण अस्पतालमा पुर्‍याइएका उनको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय