मोरङको बेलबारी नगरपालिका वडा नं ३ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी ३ बस्ने तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

तामाङले कार्तिक १३ गते राती बेलबारी १ स्थित अमना सिसौली सामुदायिक वनमा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरि फरार भएको प्रहरीले जनाएको छ । फरार रहेका तामाङलाई बेलबारी प्रहरी कार्यालयका प्रहरी निरिक्षक ऋषीराज ढकाल सहितको टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । तामाङलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय