
उर्लाबारी । कोरोना संक्रमित मोरङको उर्लाबारी–७ का ५८ बर्षीय एक पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।
मृगौला रोगीसमेत रहेका उनको आज विहान ९ः३५ बजे निधन भएको हो । उनको शवलाई प्लाष्टिकमा बेरेर अन्तेष्टीका लागि लगिएको छ । परिवारका सदस्य, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुलगायतले शवको अन्तेष्टीको ब्यवस्थापनमा समन्वयकारी भूमिका खेलेका थिए । यो सँगै उर्लाबारीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।