उर्लाबारी । मोरङको केराबारीबाट आठलाख उन्नब्बे हजार दुईसय पचास रुपैयाँसहित ५ जना जुवाडे पक्राउ गरेका छन् ।

शनिबार १७ः३० बजे केराबारी गाउँपालिका वडा नं. ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवा तास खेलिरहेको पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका वडा नं. ६ बर्ष ६० को भुपेन्द्र भट्टराई, सोही वडाका बर्ष ४३ को बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने बर्ष ३६ को अरूण केसी, ४० धरान उपमहानगरपालिका वडा नं. ६ बस्ने बर्ष ३६ को हरी खत्री र धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने बर्ष ३८ को शैलेस भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाटआठलाख उन्नब्बे हजार दुईसय पचास रुपैयाँ, १३ बुक तास, स्कुटी थान २ र मोटरसाइकल थान २ बरामद गरिएको छ । पछिल्लो समय गाउँ वस्तीहरुमा जुवाडेहरु भेला भएर तास खेल्ने क्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय