उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ४ स्थित पूर्वपश्चिम राजमार्गमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । गएराती ८ बजेतिर सडकमा १० मिटर घिसारेको अवस्थामा ३०÷३५ वर्षकी महिला मृत फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको पहिचान हुन सकेको छैन । सवारी दुर्घटनामा महिलाको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक पोख्रेलले बताउनुभयो । उहाँका अनुसार दुर्घटना गराउने सवारीको खोजी हुनुका साथै घटनाबारे अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय