सामाजिक दुरि कायम, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गरि अत्यान्तै सचेतता अपनाउदा अपनाउदै कार्तिक १ गते कोरोना पोजेटिभ देखियो ।
त्यसपछि घरैमा होम आइसुलेसनमा बसियो । १४ दिनमा रिपोर्ट नेगेटिभ आएको छ । यो वीचमा मेरो स्वास्थप्रती चिन्ता ब्यक्त गर्नुहुने घर परिवार, आफन्तजन, जनप्रतिनिधि, मान्यजन र साथिभाईहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।
अनुभवको कुरा गर्दा सुरुमा टाउको दुख्यो, खुट्टाको जोर्निहरु हल्का दुख्यो र औषधी प्रयोग गरेसी ठीक भयो । अनि नाकमा चिसो हुने र हल्का पानी बग्ने भयो । केही दिन खाना रुची कम । यो भन्दा खास समस्या थिएन ।
कार्तिक १ गते पथरी नगर अस्पतालमा दिएको स्वाबको ७ गते मात्र रिपोर्ट आयो । पोजेटिभ देखिएपछि भने छाँती दुखेजस्तो हुने, टाउको दुखेजस्तो, निन्द्रा नलाग्ने, मनमा कुरा खेल्ने भयो । समालिने कोसिस गरिरहेँ ।
त्यो बेला भर्खरै कोरोना मुक्त हुनु भएका युबा नेता बिजय डाँगिले फोन गरेर अवस्था बुझ्दै गारो भए डाक्टर र औषधि लिएर आउछु भनेसी मनमा निक्कै शान्ती भएको थियो । नगरको उपप्रमुख यमुना बिष्ट बास्तोला आफै संक्रमित भएपनी सान्तोना दिनुहुन्थ्यो । दिदीलाई फेरिपनी पोजेटिभ आएको छ । उहाँको स्वास्थ लाभको लागि सुम्निमा पारुहाङसँग प्रथाना गर्दछु ।
पूर्ब गृह राज्य मन्त्री पदम राई, प्रदेश सभा सदस्य कुलप्रासाद लिम्बू, पथरीका कमल हाङबाङ दाई, हरियाली साबउसका अध्यक्ष बिकास मगर, Dsp केशब भट्टराईसँग यहि बारे कुरा भयो ।
प्रेस संगठन नेपालको प्रदेश इन्चार्ज लिलाराज भटराई, संयोजक राजन केडी, केन्द्रिय भक्तशेर लिम्बू नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष बिक्रम लुइटेक, महासचिव बिबेक गौतम, पत्रकार सन्दिप झझल्की राई, बिजय चाम्लिङ, मेरो प्यारो ईस्वर दुलाल भाइ, भूमीप्रसाद पाठक सर, मिलन के राउत, सरोज बस्नेत, सुमन घिमिरे, फोनिज केन्द्रीय सचिव कमन देवान, पूर्ब प्रदेश इन्चार्ज कान्तिपुर कर्मी साहिमान राई, प्रदेश उपाध्यक्ष फिपराज बेघा, भुमिका फ्याक, महासचिव बिदुर खवास, सदस्य बिजय धिमाल, गुरुङ सोल्टी, लेखा सदस्य खनेन्द्र राई, सुनसरी जिल्ला अध्यक्ष धिरेन चौधरी, लगायत पत्रकार साथिहरु,
किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हताचो राई, महासचिव जनक राई, उपमहासचिव भीम राई, सचिव हेमन्त राई, पाँचथरबाट खुक्सङ खम्बू, युबा नेतृ अनिता राई, छिला राई लगायत नेतृत्वहरु, यायोक्खा पूर्ब उपाध्यक्ष राजनीतिक कर्मी दुर्गा राई, KRSU पूर्ब केन्द्रीय उपाध्यक्ष राजनीति कर्मी दिपेन बाला राई, राजनीति ब्यक्तित्व, भारततीय सेनामा कार्यरत भाइ जीवन राई, भतिज ग्यानदिप, भान्जा दाइ बालाजित, गायक केबि राई, रजितेम्मा भाउजु लगायत दाजुभाई, युकेबाट कम्रेड मिलन नाल्बो । सबैको नाम लिन सम्भव हुन्न । स्वास्थ्यप्रती चासो र चिन्ता ब्यक्त गर्नुहुने सबै सबैलाई सम्झेको छु ।
कोरोना पोजेटिभ देखिएपछि गुर्जोको चिया, बेसार पानी, तुलसी पत्ताको पानी, दैनिक २ घण्टा शारीरिक अभ्यास निरन्तर तातो पानी खाएर कोरोना भगाएको अनुभव शेयर गर्दछु । कोरोना एक पटक जितेपछी ६ महिनासम्म भाइरसले पुन सताउन नसक्ने बिज्ञहरुको भनाइ छ । भाइरस मुक्त हुनुभएका सबैलाई बधाई छ । र पुन संक्रमित हुनु भएका सबैले चाडै जित्नु हुनेछ ।
दु:ख बाँडे आधा हुन्छ, सुख बाँडे दोब्बर । हामी सँगसंगै हुने पथरीका जर्नलिस्ट साथिहरु अब दशै मनाउनु पर्छ है ।
मानव दुस्मनको रुपमा आएको कोरोना बिरुद्द एकजुट भएर लागौ । बिजय सुनिश्चित छ ।
https://www.youtube.com/watch?v=tYiDLQMW2Q4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय