वडामा ५ करोड ९२ लाख ३१ हजारको योजना तथा कार्यक्रम
विराटनगर, १० कात्तिक–उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले आफ्नो पहल कदमीमा वडामा सम्पन्न भएका कामहरुको कार्यप्रगती विवरण सार्बजनिक गरेका छन् । मिक्लाजुङ–७ का वडाध्यक्ष चौहानले वडाध्यक्षका रुपमा आफ्नो पहलकदमीमा वडामा संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट सञ्चालीत योजना तथा कार्यक्रमहरुका बारेमा औपचारीक रुपमा सार्बजनिक गरेका हुन् ।

वडाध्यक्ष चौहानले आफुले प्रतिनिधित्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङलाईसमेत औपचारीक रुपमा पत्र लेख्दै तीन वर्षमा आफ्नो पहलकदमीमा संघिय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट सञ्चालीत योजना तथा कार्यक्रमको बारेमा औपचारीकरुपमै जानकारी गराएका हुन् ।

जनप्रतिनिधिहरु जनताप्रती जवाफदेही, जनउत्तरदायी बन्न जरुरी रहेको भन्दै वडाबासीको सुचनाको हकलाई सम्मान गर्दै वडाध्यक्ष चौहानले आफ्नो पहलकदमीमा आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म भएका कामहरु सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाईसमेत बुझाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थानीय नेतासमेत रहेका वडाध्यक्ष चौहानले आफ्नो पहलकदमीमा वडामा भएका काम र त्यसको प्रगतीका बारेमा सार्बजनिक गरेका हुन् । उनले सो को विवरण नेकपा मोरङ, पार्टीको मिक्लाजुङ गाउँ कमिटी र ७ नं. वडा कमिटीलाईसमेत एक/एक प्रति बुझाएका छन् ।

वडाध्यक्ष चौहानले वडाको पहलकदमीमा संघ, प्रदेश र स्थानीयतहबाट वडामा कुल ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ बराबरका योजना र कार्यक्रम सञ्चालन भएको उल्लेख गरेका छन् । जस अन्तर्गत आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्ममा गाउँपालिका, प्रदेश र संघीय सरकारका ४ करोड ४८ लाख ३१ हजार र आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्म तीन आर्थिक वर्षमा वडास्तरीय १ करोड ४४ लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रम अन्तर्गत वडामा काम भएको वडाध्यक्ष चौहानले बताएका छन् । उनले आर्थिक वर्ष २०७४/०७५ मा वडाको बजेट सिलिङबाट ५२ लाख, आर्थिक वर्ष २०७५/०७६ मा ४० लाख र आर्थिक वर्ष २०७६/०७७ मा ५२ लाखका वडास्तरीय योजना अन्तर्गत काम भएको जानकारी दिए ।

शिक्षा र स्वास्थ्य प्रथामिकतामा
वडाध्यक्ष चौहानका अनुसार वडामा प्राप्त सिमित बजेट र श्रोत साधनका बाबजुद पनि मिक्लाजुङ गाउँपालिका वडा नं. ७ ले शिक्षा र स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेको छ । वडामा प्राप्त सिमित श्रोत साधानकै भरमा पनि वडाध्यक्ष चौहानसहितका जनप्रतिनिधिले शिक्षा र स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै आएको वडा कार्यालयले जनाएको छ ।

समृद्धिका लागि शिक्षा र स्वास्थ्य मुख्य आधार भएकाले सोही क्षेत्रलाई प्रथामिकतामा राखेर योजना तथा कार्यक्रम छनौट गरिँदै आएको वडाध्यक्ष चौहानले बताए । ‘मुख्य आधार शिक्षा र स्वास्थ्यनै हो । त्यसैले यसलाई हामीले बढी प्रथामिकतामा राखेका छौँ । वडालाई प्राप्त सिमित श्रोत र साधन परिचालन गरि हामीले काम गर्दै आएका छौँ ।’ उनले भने,‘शिपमुलक र रोजगारमुलक तालिम तथा शिक्षाबाट वडालाई समृद्ध बनाउन सकिने भएकाले यस वडामा प्राविधिक शिक्षालयका लागि समेत पहल थालेका छौँ र त्यो प्रकृयामा रहेको छ ।’

देवीथान सिमसारलाई पर्यटकीय गन्तब्य बनाइँदै
वडाध्यक्ष चौहानले वडाको पर्यटकी स्थल देवीथान सिमसार क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजना अनुसार काम निर्माणाधिन अवस्थामा रहेको बताएका छन् । उनले वडाको समृद्धिमा सो पर्यटकिय क्षेत्र कोशेढुंगा सावित हुने भएकाले पर्यटकीय गन्तब्यका रुपमा विकास गरिँदै आएको जानकारी दिए ।

मिक्लाजुङ वडा नं. ७ ले विकासमा फड्को मार्दै
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ ले विकासमा फड्को मार्दै गएको छ । युवा एवम् विकासप्रेमी वडाध्यक्ष पाएपछि सो वडाले क्रमश मुहार फेर्दै गएको छ । वडाध्यक्ष चौहानसहितका जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखि स्थानीयमा विकासप्रतीको आश जागेको छ ।

सो वडामा वडाध्यक्ष चौहानकै पहलकदमीमा करिक ६ करोड रुपैयाँ बजेट परेको छ भने काम पनि सोहि अनुरुप तीब्रगतिमा अघि बढीरहेको छ । निर्वाचनमा वडाबासी माझ गरेको प्रतिवद्धता बमोजिमनै वडाध्यक्ष चौहानले वडाको विकास निर्माणलाई पूर्वयोजना अनुरुप अघि बढाएको बताए । वडाध्यक्ष चौहानले निर्वाचित भएर जनप्रतिनिधिहरु आएपछि हालसम्म भएका कामले जनताले घर आँगनमा सरकार छ भन्ने कुराको अनुभूती गरेको दावी गरेका छन् ।

 

‘हामी आउनुभन्दा पहिले सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य लगातका पूर्वाधार नगन्य मात्रामा थियो । अहिले यस वडामा विकासका प्रयाप्त पूर्वाधारहरु तयार भइरहेका छन् ।’ उनले भने,‘श्रोत साधन सिमित छ । जनताको चाहना असिमित हुन्छ । सवै सडकहरु कालोपत्रे गर्ने वडाबासीको माग बढी छ । त्यसैअनुरुप अधिकांश सडकहरु कालोपत्रे गरिएको छ । अझै पनि त्यो काम चरणबद्ध रुपमा भइराखेको छ । नदी नियन्त्रणको माग पनि धेरै छ । हामीले प्रथामिकिकरण गरेर काम गर्दै आएका छौँ।’

वडाध्यक्ष चौहानले सो वडामा विकासले गति लिइरहेको बताए । ‘म आफु पनि एक साधारण किसानको छोरा भएकाले घरदैलोमै सरकार छ भन्ने कुराको अनुभूती गराउने गरि काम गरिरहेको छु । काम गर्ने मान्छेबाट कहिलेकाहीँ सामान्य त्रुटी हुनसक्छ तर, वडाबासीलाई निरास हुन नदिने गरि काम गर्नुपर्छ भन्ने मान्याता अनुसार मैले वडामा काम गरिरहेको छु ।’ उनले भने ,‘सामग्रमा सिंहदरवारको अधिकार घर–घरमा भनेजस्तै घर आगनमै सरकार आइसक्यो भन्नेकुराको अनुभूती वडावासीले गर्नुभएको छ । यस वडामा सिमित श्रोत साधनका बाबजुत पनि गरिएको कामले भने आफै पनि सन्तुष्ट छौँ । तर, अझै धेरै गर्नुपर्छ भनेर हामी लागि परेका छौँ । हाम्रो कामको वडाबासीले मुल्यांकन अवश्य गर्नुहुनेछ भन्ने हामी जनप्रतिनिधिको अपेक्षा छ ।’

समस्या र चुनौती
सिमित बजेट र श्रोत साधनका कारण आफुले अपेक्षा गरेजति वडामा काम हुन नसकेको वडाध्यक्ष चौहानले गुनासो गरेका छन् । मिक्लाजुङ गाउँपालिको केन्द्रमा वडा नं. ७ पर्ने र जनसंख्यासमेत धेरै भएपनि समानरुपले प्राप्त गर्ने बजेट तथा श्रोत साधनका करण कठिनाई हुँदै आएको वडाध्यक्ष चौहानले बताए ।

उनले आफ्नो वडामा सुकुम्बासी समस्या समाधानमा कठिनाई भइरहेको बताए । वडाध्यक्ष चौहानले नेपाल सरकारले स्पष्टरुपमा निर्देशन नगरेका कारण सुकुम्बासी समस्या समाधानमा ढिलाई भइरहेको बताए । ‘सुकुम्बासी समस्या समाधानका लागि नेपाल सरकारले निर्णय गरेको भएपनि हामीले स्पष्टरुपले कसरी गर्ने भनेर आवश्यक निर्देशन नहुँदा समस्या भइरहेको छ ।’ उनले भने,‘स्पष्ट नहुँदा हामी अन्यौलमा छौँ ।’ वडाध्यक्ष चौहानले संघिय, प्रदेश र स्थानीय तहका कानुन बाझिएर समेत कहीले काही समस्या हुने गरेको बताए ।

वडाध्यक्ष चौहानले पार्टीलाई बुझाए विवरण
वडाध्यक्ष चौहानले वडा समितिको पहलकदमीमा भएका कामहरु कार्यप्रगती विवरणसहितको जानकारी पत्र नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेललाई बुझाएका छन् । नेकपा मोरङका अध्यक्ष पोखरेलले वडाध्यक्ष चौहानले कार्यप्रगतिसहितको विवरण पार्टीलाई बुझाएको जानकारी दिए ।

उनले जनप्रतिनिधिहरु जनताप्रति जनउत्तरदायी हुनुपर्ने पार्टीको नीति र निर्देशन बमोजिम पार्टीबाट निर्वाचित जनप्रतिनिधिहहरुले आफ्नो पहलकदमीमा वडामा भएका कामबारे पार्टी र जनतालाई औपचारीक रुपमा जानकारी गराइरहेको बताए।

 

हालसम्म १३ जनाले बुझाए कार्य प्रगती विवरण
पार्टीले गरेको निर्देशन अनुसार अहिलेसम्म १३ जना जनप्रतिनिधिहरुले विवरण बुझाएको अध्यक्ष पोखरेलले बताए । अध्यक्ष पोखरेलका अनुसार हालसम्म मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, क्षेत्र नं. ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डित, क्षेत्र नं. ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राजकुमार ओझा, रतुवामाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष नन्दकुमार चापागाईँ, वडा नं. ६ का वडाध्यक्ष तुलाराम लुइटेल, लेटाङ नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेल, लेटाङ नगरपालिका–५ का वडाध्यक्ष भुमबहादुर सुर्य मगर, लेटाङ–१ का वडाध्यक्ष विष्णुकुमार मगर, लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, मिक्लाजुङ गाउँपालिका–८ का वडाध्यक्ष नगिन्द्र कार्की(नविन), सुनवर्षी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर भट्टराई, सुनवर्षी नगरपालिका–४ का वडाध्यक्ष श्रवणकुमार राजवंशीले र मिक्लाजुङ गाउँपालिका–७ का वडाध्यक्ष शुशिलराज चौहानले आफ्नो पहलकदमीमा भएका कामहरु सार्बजनिक गरि त्यसको विवरण पार्टीलाई बुझाइसकेका छन् ।

नेकपा मोरङ अध्यक्ष पोखरेलले अन्य जनप्रतिनिधिहरुले पनि क्रमश संघिय, प्रदेश सरकार र स्थानीयतहबाट आफ्नो पहलकदमीमा भएका कामहरु सार्बजनिक गर्दै त्यसको विवरण बुझाउने क्रम जारी रहेको बताए । उनले जिल्लामा नेकपाबाट निर्वाचित वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, प्रदेश तथा संघिय सांसदलगायत सवै जनप्रतिनिधिहरुलाई यसरीनै यथासिघ्र सार्बजनिक गर्दै त्यसको विवरण पार्टीलाई बुझाई जनउत्तरदायी बन्न आग्रह गरेका छन् ।

हेर्नुहोस् वडाध्यक्ष चौहानको पहल कदमीमा मिक्लाजुङ–७ मा भएका कामहरु
गाउँपालिका, प्रदेश र संघका रु ४ करोड ४८ लाख ३१ हजारका योजना
१. गाउँपालिकादेखि म.ज.मा.वि.को सिमानासम्म ड्रेनसहित कालोपत्रे रु ६५ लाख
२. नाइटेपानीदेखि वन अफिससम्म ड्रेनसहितको कालोपत्रे सडक निर्माण रु ८५ लाख
३. मनोहर जनता मा.वि खेल मैदान मर्मत सम्पन्न रु ८ लाख
४. बेलगौँडा बजार सार्बजनिक शौचालय रु २ लाख
५. रेशमखेती खेल मैदानमा ट्रस निर्माण, पानी व्यवस्थापन रु ३ लाख
६. जनता आवास कार्यक्र अन्तर्गत साझेदारीमा रत्नबहादुर शाशंकरको घर निर्माण रु ३ लाख
७. फुसको छानो विस्थापित (१ लाख ३० हजार)
(क) वीरबहादुर बि.क.
(ख) हस्तबहादुर राई
(ग) टेकबहादुर वाजी लिम्बु
८.महिला विकास कार्यक्रम अन्तर्गत जुत्ता सिलाई बुनाई तालिम रु १ लाख
९. मावा खोला तटबन्धन कार्यक्रम (रु ३७ लाख)
(क) जनताको तटबन्धबाट १ सय ३५ मिटर रु १५ लाख
(ख) राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत २२० मिटर ड्यामसहितको तटबन्धन कार्य सम्पन्न रु २२ लाख
१०. नुनसरी तर्फ आपतकालिनमा कोशी बक्राहा नदी नियन्त्रणबाट ४ वटा चेक ड्याम करिब रु १७ लाख
११. सिसौली पैनी उपभोक्ता समितिलाई गा.पा. अन्तर्गतको कृषि कार्यक्रमबाट कंक्रिट कुलो, पैनी निर्माण रु ५४ हजार
१२. ज्येष्ठ नागरिक भवन मर्मत रु ७० हजार
१३. टोलस्तरीय फुटबल प्रतियोगिता रु ५० हजार
१४.भगवती मा.वि.लाई भवन संरक्षणका लागि तटबन्धन रु ६ लाख
१५. वडाभरी विद्युत विस्तार रु १ लाख
१६. देवीस्थान सिमसार पर्यटन क्षेत्रमा शौचालय निर्माण रु ४ लाख
१७. शिव पार्वती पार्क निर्माण रु १० लाख
१८. कृषि अन्तर्गत रु ११ घर परिवारलाई भकारो सुधार कार्यक्रम रु १ लाख ६५ हजार
१९. टहरालाईन मर्मतका लागि रु १७ लाख ६२ हजार (गाउँपालिका अल्या गरिएको चालु आर्थिक वर्षमा काम सम्पन्न गरिने)
२०.बन अफिसदेखि नाइटेपानीसम्म कालोपत्रे, गाउँपालिकादेखि मनोहर जनता मा.वि. सम्म रु ७० लाख
२१. देवीस्थान सिमसारको बाल उद्यानमा विभिन्न सामाग्री तथा घेराबारा निर्माण रु २० लाख
२२. सिमसार क्षेत्रमा थप रु १० लाख
२३. नुनसरी खोलालाई कोशी बक्राहा तटबन्धनबाट १० वटा स्पोर रु ४३ लाख
२४. मावा तर्फ विपदको बेलामा ६ ठाउँमा स्पोल लगाइएको रु रु ३ लाख
२५. संघिय सरकार अन्तर्गत वडा नं. ७ को स्वास्थ्य चौकी भवन निर्माण सुरु ३८ लाख

आर्थिक वर्ष २०७४/०७५ मा ५२ लाखको वडास्तरीय योजना तथा कार्यक्रम
१. विशाल राईको घरछेउ विद्युत विस्तार रु २० हजार
२. शुशिला श्रेष्ठको घरहुँदै सिमानाबाट विद्युत विस्तार रु ३० हजार
३. इन्द्र पोखरेलको घरछेउ कल्भर्ट निर्माण रु ५० हजार
४. वडानम्बर ७ भरी होमपाइप खरिद रु ७ लाख
५. महलबहादुर तामाङको घरछेउको सडकमा स्ल्याब रु ५० हजार
६. टंकबहादुर भुजेलको घरछेउको सडक ग्राभेल रु ५० हजार
७. माधव पौडेलको घरहुँदै कविन्द्र श्रेष्ठको सडक सिमांकन ग्राभेल रु ३ लाख
८. रिलायन्स स्कुल अगाडीको बाटो नाला मर्मत तथा ग्राभेल रु ५० हजार
९. यात्री टोल नाइटेपानी हुँदै मातृका गड्तौलाको घरसम्म सडक ग्राभेल रु १ लाख
१०. टंक पोखरेलको घर पछाडी वनसँग जोडिएको सडक सिमांकनसहित ग्राभेल रु ३० हजार
११. मनोहर स्कुल पूर्वको ठाडो बाटो मर्मत रु ५० हजार
१२. टंक .पोखरेलको घर अगाडीको ठाडोबाटो कविर मन्दिरसम्म ग्राभेल रु २० हजार रकम कम भएको भनी काम नभएको र अल्या गर्दा नहुने भएको भनेकाले रकम फिर्ता गएको
१३. सुरवीर दाहालको घरहुँदै चन्द्रोदय स्कुलसम्म ग्राभेल रु ५० हजार
१४. कृषि मार्गहुँदै मालबारी जोड्ने सडक ग्राभेल रु ४० हजार
१५. चन्द्रोदय स्कु अगाडीको ठाडो बाटो ग्राभेल रु १ लाख
१६. मलामी टहराहुँदै वडानम्बर ६ सम्म जोड्ने सडक ग्राभेल रु ५० हजार
१७. चैनपुरे गौँडा पश्चिम ६ नं. जाने बाटो सिमांकनसहित ग्राभेल रु १ लाख
१८. बुद्धिबहादुर राईको घर मास्तिरहुँदै ६ नं. जाने बाटो सिमांकनसहित ग्राभेल रु १ लाख ५० हजार
१९. विशाल राईको घरनजिक सडक मर्मत रु २० हजार
२०. भगवती विद्यालयहुँदै बेलगौँडे जोड्ने सडक मर्मत रु १ लाख २५ हजार
२१. चैनपुरे गौँडाउत्तर बेलगौँडे जोड्ने सडक मर्मत रु १ लाख
२२. हरि न्यौपानेको घर दक्षिण रिसोर्ट जाने सडक मर्मत रु २० हजार
२३. जगत मगरको क्लिनिकदेखि मनोहर जनता मा.वि. सम्म सडक ग्राभेल सिमांकन रु २ लाख ५५ हजार
२४. बालुङ ग्रोसरीज उत्तरको बाटो नाइटे पानिहुँदै कविन्द्र श्रेष्ठको घरसम्म ग्राभेल तथा सडक सिमांकन रु २ लाख
२५. रनेपा चौकमा स्ल्याब तथा बाटो मर्मत रु ५० हजार
२६. बेलगौडेदेखि मलामी टहरासम्म सडक ग्राभेल रु ६५ हजार
२७. गोपाल निरौलाको घर छेउ र कविर मन्दिर छेउमा कल्भर्ट निर्माण रु १ लाख
२८. मावा नदी नियन्त्रण (स्पोर लगाएको) ्रु १ लाख ५० हजार
२९. खेलकुद रु २५ हजार(विद्यालयस्तरको फुटबल खेलमा छात्रछात्रालाई सहयोग र बाँकी वडास्तरीय खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण
३०. चन्द्रोदय आधारभूत विद्यालयमा नर्सरी कक्षा व्यवस्थापन र अतिरिक्त कृयाकलाप रु १ लाख ५० हजार
३१. श्री मनोहर जनता मा.वि. बाल उद्यान सञ्चालन रु ५० हजार
३२. भगवती मा.वि. मा छाना मर्मत रु १ लाख
३३. गाउँघर क्लिनिक सञ्चालन, छाना मर्मत रु ५० हजार
३४. एनएमबी बैंक अगाडी ड्रेन स्ल्याब निर्माण रु १ लाख ५० हजार
३५. देवीस्थान सिमसार क्षेत्र स्तरोन्नती रु १० लाख
३६. मलामी टहरा मर्मत रु १० हजार
३७. लक्षमीनारायण तथा शिवमन्दिर पछाडी छाना मर्मत रु १५ हजार
३८. सिंहदेवी स्थान मन्दिर गेट निर्माण रु १५ हजार
३९. लेटर रिभाइवल चर्चमा पंखा जडान रु १५ हजार
४०. ज्योती मण्डली चर्चा शौचालय मर्मत रु १५ हजार
४१. साकेला थानमा च्याब्रुङ खरिद रु १५ हजार
४२. प्रसंसा चर्च रु १५ हजार
४३. विपन्न परिवारका बालबालिाहरुलाई कम्प्युटर तालिम रु ५० हजार
४४. प्लम्लिङ वाइरिङ ट्रेनिङ सिटिइभिटी बाट २५ जनालाई तालिम रु १ लाख
४५. झोला बनाउने तथा ढाका कपडा सिलाई बुनाई तालिम २५ जनालाई रु ५० हजार
४६. महिला नेतृत्व विकास कार्यक्रम र महिला स्वास्थ्य तथा प्रजनन् अन्तर्गत रु १ लाख
४७. दुव्र्यवसनी विरुद्ध कार्यक्रम रु १० हजार
४८. बाल सञ्जाल रु ४० हजार
४९. ग्याङ्ग्री पुलमा जाली निर्माण रु २ लाख

आर्थिक वर्ष २०७५/०७६ मा रु ४० लाखको वडास्तरीय योजना तथा कार्यक्रम
१. बेलगौँडादेखि मलामी टहरासम्म सडक मर्मत तथा कल्भर्ट संरक्षण रु १ लाख ७० हजार
२. टाँडीदेखि उत्तर रिसोर्ट चोकसम्म बोटो मर्मत रु १ लाख
३. मलामी टहरा मर्मत तथा पानि, शौचालय व्यवस्थापन रु २ लाख ९० हजार
४. कृषि मार्ग शिशौली बाटो मर्मत रु १ लाख
५. गाउँघर क्लिनिक मर्मत(टहरा निर्माण) रु १ लाख
६. जयलाल राईको घरदेखि चन्द्रमान मुखियाको घरसम्म बाटो मर्मत तथा ग्राभेल रु १ लाख
७. देवीस्थान पर्यटन विकास (पोखरी मर्मत तथा बोट खरिद) रु ५ लाख
८. सार्बजनिक स्थानमा सडकबत्ति जडान रु २ लाख (सोलारबत्ति)
९. मनोहर मा.वि.को पूर्वपट्टी ठाडोबाटो मर्मत तथा ग्राभेल रु १ लाख
१०. वडा नं. ७ को ३६ विगाहा तथा बाटोहरुमा होमपाइप खरिद रु ४ लाख
११. लेखनाथ पुस्तकालयमा रंगरोगन रु १ लाख
१२. खेलकुद अन्तर्गत खेलाडी तथा विद्यालयहरुमा जर्सी र खेलकुद सामाग्री वितरण रु १ लाख ५० हजार
१३. महिलाहरुका लागि ३÷३ महिना सिलाईकटाई तथा उद्घोषण तालिम रु ३ लाख ४० हजार (रु १ लाख ८० हजार सिलाई कटाई र १ लाख ६० हजार)
१४. नौतमी बाजा संरक्षण रु २ लाख
१५. विपद व्यवस्थापन रु १ लाख ५० हजार
१६. धनबहादुर खड्गीको घरदेखि उत्तर मातृका गड्तौलाको घरसम्म ड्रेन निर्माण रु १० लाख

आर्थिक वर्ष २०७६/०७७ मा रु ५२ लाखको वडास्तरीय योजना तथा कार्यक्रम
१. रिलायन्स स्कुल ठाडोबाटो ड्रेन निर्माण रु २० लाख
२. राम्री कल्भर्टहुँदै चुलाचुली वडा नं. ६ को सिमानासम्म सडक ड्रेनसहित ग्राभेल रु ११ लाख
३. रनेपा चौकबाट लालबहादुर बुढाथोकीको खेतसम्म सडक डे«ेनसहित ग्राभेल रु ६ लाख
४. सृजनशिल टोल सिरानबाट बालाटुङ हुँदै वडा नं. ६ को कृषि मार्गसम्म जोड्ने सडक स्तरोन्नती तथा ग्राभेल रु २ लाख
५. महिलाहरुका लागि सिलाई कटाई, जुत्ता बनाउने तालिम निरन्तरता, महिला समुह क्षमता अभिबृद्धि र लेखा व्यवस्थापन तालिम रु ३ लाख (कोभिड १९ का कारण राजश्व बाँडफाँडको खर्च गर्न नमिलेको)
६. ज्येष्ठ नागरिक चौतारा निर्माण रु ५० हजार
७. समिति कृषि फर्मदेखि विरेन्द्र खत्रीको घरसम्मको सडक र जोसेफ राईको घरदेखि देवस्स्थान सिमसार सडक ग्राभेल रु २ लाख
८. बालाटुंगको पैनी मर्मत रु ५० हजार
९. बाल सञ्जाल सचेतना कार्यक्रम रु ५० हजार
१०. समपुरक कोष रु १ लाख ५० हजार
११ं. वडा नं. ७ र ९ को सिमाना नाइटेपानी चौक ड्रेनसहित सडक मर्मत तथा कल्भर्ट निर्माण रु ३ लाख
१२. बेलगौँडे क्षेत्र र सिमसार उत्तर सडक बत्ति जडान रु १ लाख
१३. दलित समुदायका लागि उद्घोषण तालिम तथा विपन्न १ परिवारलाई आरन मेसिन वितरण रु १ लाख (अल्या गरिएको)

प्रतिक्रिया

सम्बन्धित खवर