
उर्लाबारी । मोरङको उर्लाबारीमा कोरोना भाइरसबाट संक्रमितको संख्या पछिल्लो समयमा बढिरहेको छ ।
समुदाय स्तरमा कोरोना भाइरस ब्यापक रुपमा फैलिन थालेपनि सचेत र सजग भएको पाईदैन । आज फेरि २० जनालाई कोरोना पोजेटिभ देखिएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो स्वम् कोरोना भाइरसको संक्रमित रहेका छन् । उनी हाल घरमै आईसोलेसनमा बसिरहेका छन् ।
दुई सातादेखि होमआईसोलेसनमा बसिरहेका मेयर फागोको स्वास्थ्य अवस्था सामान्य छ । उर्लाबारीमा पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढिरहेकोप्रति चिन्ता ब्यक्त गर्दै मेयर फागोले सचेत र सजग बन्न नगरबासीलाई अनुरोध गरेका छन् । चाडपर्वको वहानामा अत्याधिक भिड बढेको जानकारी पाएको छु मेयर फागोले पूर्वी कमाण्ड अनलाइनलाई भने सबै ब्यापारी साथीहरुलाई भौतिक दुरी कायम गराउन र भिडभाडमा अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गर्दछु । कोरोना भाइरस केही होइन भन्ने बुझाई गलत भएको उल्लेख गर्दै सचेत र सजग नहुने हो भने ठुलो समस्या उत्पन्न हुने खतरा रहेको उनले उल्लेख गरे । उनले कोरोना भाइरसबाट तर्सिन नभइ सचेत हुनुपर्ने बताएका छन् ।