काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १५ हजार ४३८ गरी अहिलेसम्म १२ लाख ६७ हजार ६०५ परीक्षण भएको छ।

उनले १ हजार ८ सय जना संक्रमित पछिल्लो २४ घण्टामा निको भएको बताए। योसँगै नेपालमा निको हुने ८९ हजार ८४० रहेका छन्।

यो कूल संक्रमितको ६९.७ प्रतिशत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय