उर्लाबारी । कोरोना भाइरसको संक्रमण देखिएपछि होम आईसोलेसनमा रहेका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समुदाय स्तरमा कोरोना भाइरस फैलिरहेकाले सचेत रहन नगरबासीहरुलाई अपिल गरेका छन् ।
पूर्वी कमाण्ड अनलाइनसँग टेलिफोन सम्पर्कमा उनले जनप्रतिनिधि, प्रहरी, कर्मचारीलगायतलाई कोरोना देखिएको बताउँदै सबै सचेत र सजग हुनु पर्ने बताएका हुन् । लक्षण देखिएकाहरुको पिसिआर परिक्षण गरिरहेको उल्लेख गर्दै नगरबासी सचेत र सजग नरहने हो भने भयावक अवस्था आउने खतरा रहेको उनको भनाई छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै स्वास्थ्यप्रति चासो राख्ने सबैप्रति आभार एबं धन्यवाद ब्यक्त गरेका छन् । उनले चाँडै ठिक भएर जनताको सेवामा फर्किने बताए । कोरोना भाइरसले कसैलाई नछोड्ने भएकाले सचेत र सजग रहनु नै उपयुक्त रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय